अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए : राष्टपति बाइडेन
वासिङ्टन , साउन १७ : आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।…
भारतमा कोरोना सङ्क्रमण घट्दै
नयाँदिल्ली, साउन १७ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । देशमा…
इराकी प्रधानमन्त्रीद्धारा वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान
बागदाद साउन १७ : इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गर्नुभएको छ । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उहाँले राष्ट्रिय…
सशस्त्र आक्रमणमा सात जनाको मृत्युः प्रहरी
लागोस, साउन १७ : मध्य नाइजेरियाको पठार राज्यमा आइतबार राति भएको सशस्त्र आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका राज्य प्रहरीले जनाएको छ ।…
कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढी सङ्क्रमित
सोल, साउन १७ : दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको…
नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा
भक्तपुर, साउन १७ : भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो…
पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने
पोखरा, साउन १७ : नेपाल चीन दौत्यसम्बन्ध स्थापनाको ६७औँ वर्षका अवसरमा युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेको छ । भेटमा पोखरा र…
व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै
राँझा, साउन १७ : फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल…
लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपुर, साउन १७ : लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको…
पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरुको माग
काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका…






