झापाबाट चार सय ४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान
बनियानी, भदौ १३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगितामाअन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना…
निर्वाचन अचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडौँ, भदौ १३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ । आयोगले…
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल
काठमाडौँ, भदौ १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज उहाँहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी…
त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग
कीर्तिपुर, भदौ १३ : आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको…
तनहुँमा उम्मेदवार बन्न काङ्ग्रेस केन्द्रीय नेताको इच्छा
दमौली, भदौ १३ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराउनुभएको छ । नेपाली…
दुई सय २६ संक्रमित थपिए, दुई सय २३ कोरोनामुक्त
काठमाडौँ, भदौ १३ : देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये…
पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : प्रचण्ड
काठमाडौँ, भदौ १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश…
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
काठमाडौँ, भदौ १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर…
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, भदौ १३ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको…
राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी
काठमाडौँ, भदौ १३ : नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका…






