भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

 जेठ २६, २०८२

भोजपुर, २५ जेठ : यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण…

चीनद्वारा नेपालसहित दक्षिण एसियाली देशहरूलाई शून्य भन्सार सुविधा

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : चीनले दक्षिण एसियाली देशहरूसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई गहिरो बनाएको छ भने आर्थिक र व्यापार विकासको राम्रो गति कायम राखेको वाणिज्य उपमन्त्री यान तोङले बताएका छन् । उनले  बिस्तारै…

प्रतिनिधिसभाको बैठक आज बस्ने

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं…

घरेलु श्रमिक अधिकारबाट वञ्चित

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत मर्यादित श्रमअभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हकहितको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।…

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

 जेठ २६, २०८२

कर्णाली, २५ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन्…

आजका लागि विदेशी मुद्राको विनिमयदर

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ…

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

 जेठ २५, २०८२

बैङ्कक, २४ जेठ : इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा…

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

 जेठ २५, २०८२

कास्की, २४ जेठ : पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी…

मदन भण्डारी कप : पुरुषमा बस्नेत र महिलामा न्यौपाने प्रथम

 जेठ २५, २०८२

कर्णाली, २४ जेठ : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रियस्तरको खुला महिला÷पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’ मा रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपाने प्रथम…

अदालतबाट न्याय पाउने विश्वास छ : नेपाल

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । मधेश प्रदेश सम्पर्क…