नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै
काठमाडौँ,कात्तिक ५ : कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदै छ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका…
म्याग्दीको पुनहिलमा पर्यटकको भीड
म्याग्दी,कात्तिक ५ :म्याग्दीको पर्यटकीय स्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो…
नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको अनुरोध
काठमाडौँ, कात्तिक ५ : सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज…
सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
कपिलवस्तु (बुद्ध भूमि), कात्तिक ५ : कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।शुक्रवार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो…
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै
जनकपुरधाम, कात्तिक ५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै हुनुहुन्छ । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई…
खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग
बारा,कात्तिक ५ : आचारसंहिता उल्लङ्घन गर्दै खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका सह महामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । बारा क्षेत्र नम्बर १ मा…
रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने
काठमाडौँ, कात्तिक ५ : यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते…
नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
काठमाडौँ, कात्तिक ५ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी…
कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली
फुङ्लिङ, कात्तिक ४ : ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली…
फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला
फुङ्लिङ, कात्तिक ४ : ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला…






