अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारद्वारा सैद्धान्तिक स्वीकृति

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : नेपाल सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । करिब तीन महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया…

जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैन : नगरप्रमुख शाह

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी…

एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : निर्वाचन आयोगले एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आज उक्त निर्णय गरेको हो…

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

 कार्तिक १६, २०७९

टङ्कीसिनवारी, कात्तिक १६ : विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम…

बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

 कार्तिक १६, २०७९

सुन्दरहरैँचा, कात्तिक १६ : पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको…

सरकारलाई निर्वाचन आयोगको सातबुँदे निर्देशन

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्नरगराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको…

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

 कार्तिक १६, २०७९

बागलुङ, कात्तिक १६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानीमा आज आयोजित…

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

 कार्तिक १६, २०७९

सुदूरपश्चिम, कात्तिक १६ : बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा…

स्वर्णपदक विजेता धावक बुढालाई जुम्लामा सम्मान

 कार्तिक १६, २०७९

जुम्ला, कात्तिक १६ : कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृहजिल्ला जुम्ला पुगेका बुढालाई खादा…

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

 कार्तिक १६, २०७९

बुटवल, कात्तिक १६ : नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । उहाँले मुलुकमा समन्वयकारी…