हतियारसहित एक भारतीय युवक पक्राउ
जलेश्वर, ३१ वैशाख : महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने…
काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा
काठमाडौं,३१ वैशाख : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय…
चरीमाई’ उपन्यास सार्वजनिक
काठमाडौँ, ३१ वैशाख : उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले यहाँ आज आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले सो उपन्यासको…
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
काठमाडौँ, ३१ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताउनुभएको छ । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को…
नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
काठमाडौँ, ३१ वैशाख : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई…
गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक
मुग्लिन, ३१ वैशाख : लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस…
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
खोटाङ, ३१ वैशाख : चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही…
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
काठमाडौँ, ३१ वैशाख : परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विभिन्न…
जङ्गली हात्तीको हुल रोक्न झापामा संयुक्त गस्ती
झापा, ३१ वैशाख : भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ…
दव्ल्याङमा पहिरो : बागलुङ कुश्मीशेरा सडक अवरुद्ध
बलेवा, ३१ वैशाख : वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको…






