कास्कीमा दूधको मूल्य बढ्यो, अब लिटरको कति पर्छ?

  फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : कास्की दूध व्यवसाय सघं कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य बृद्धि गरेको छ । किसानको व्यावसायीक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य बृद्धि गर्नु परेको बताएको छ । सघंले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ ।

संघका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७० प्रतिशत किसानलाई र ३० प्रतिशत व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ ।

अब फ्याट छ÷एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १३० रुपैयाँ, फ्याट पाँच/एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १२० रुपैयाँ पर्नेछ। फ्याट चार/एसएनएफ आठ भएको गाईको दूध प्रतिलिटर १०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै नौनी ध्यू प्रतिकेजी ९००, पनिर प्रतिकेजी ८००, कुराउनी प्रतिकेजी एक हजार कायम गरिएको छ। चिज प्रतिकेजी एक हजार १००, घ्यू प्रतिलिटर एक हजार १०० पर्नेछ। सादा दही प्रतिलिटर १४०, बट्टा दही प्रतिलिटर १७० मूल्य कायम गर्ने निर्णय गरिएको सचिव जमूना ढकाल जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया