गीत सुटिङको हब बन्दै तनहुँ

  कार्तिक १६, २०७७

तनहुँं, कात्तिक १५ : प्रकृतिक सुन्दरता भरिएको तनहुँको व्यास नगर र बन्दीपुर म्यूजिक भिडियो छायाङ्कनको आर्कषण गन्तव्य बन्न थालेको छ । गण्डकी प्रदेशको पोखरा, मुस्ताङ, मनाङ, रोजाईमा पर्ने गरेकोमा हाल आएर तनहुँमा पनि म्यूजिक भिडियाकर्मीको ध्यान तानिन थालेको छ ।

कोरोना भाईरसको कहरका बाबुजुद जनजीवन सामान्य हुँदै जान थालेपछि तनहुँमा म्यूजिक भिडियोको छायाङ्कनले पनि गति लिन थालेको छ । निशा देशारको श्वर, गैरे सुरेशको सङ्गीत, विष्णुप्रसाद पाण्डेको शब्दमा रहेको
‘म यो कस्तो प्रेम गरिरहेछु
अचानो भएर सबै चोट सहेर
उही खुकुरीको पूजा गरिरहेछु……….
बोलको गीतको व्यास नगर क्षेत्रमा छायाङ्कन भईरहेको छ । गीतको म्यूजिक भिडियोको निर्देशन मोडल सुदीप पौडेलले गरेका छन् भने छायाङ्कन सुसान पन्थले गरेका छन् । व्यास नगरपालिकाको पर्यटकिय स्थल, कालिका जङ्गलपार्क, ओम शान्तिपार्क, मादी र सेती नदीका संगम स्थल लगायतका क्षेत्रमा छायाङ्कन गरिएको निर्देशक पौडेलले जानकारी दिए । गीतमा प्रेममा धोका खाएपनि विर्सन नसकिएकोको कुरालाई समेटिएको छ ।
तवोवनमा गएर नि शान्ति पाउदिन म
जिन्दगीको सुवास कतै भेटाउदिन म

यस्ता मार्मिक शब्दलाई कर्णप्रिय सङ्गीत र श्वरले गीतलाई सशक्त बनाएको छ । कोरोनाले गरिएको बन्दाबन्दी पछि पनि गीतकार सागर उदाशको ‘जम्काभेट’ र गीतकार अमरराज नहर्कीको शब्दमा रहेको गायक तथा संगीतकार नवराज थापाको श्वर रहेको विरानो देश र लाखौं तारा आकाशैमा’ बोलका गीतको छायाङ्कन पनि तनहुँको सदरमुकाम दमौली र आसपासको क्षेत्रमा छायाङ्कन गरिएको छ ।

‘यहाँको प्राकृतिक सुन्दरताले मोहित बनाउँछ साथै अभिनय गर्न पनि आनन्द आउँछ ।’ पोखरा घर भई मोडलिङ क्षेत्रमा लाग्नु भएकी ममता अधिकारीले भन्नुभयो । तनहुँको बन्दीपुर धेरै पहिलादेखि नै फिल्मकर्मीको समेत रोजाईमा पर्दै आएपनि व्यास नगरपालिकाको व्यास गुफा, पराशर पार्क, ओम शान्तिपार्क, कालिका मन्दिर, मानहुँडाँडा लगायतका पर्यटकिय स्थलहरु रोजाईमा परेकोले दिनहुँ जसो सुटिङ गर्नेहरु भेटिने गर्छन् ।

तपाईको प्रतिक्रिया