कुल संक्रमित ६२७९७, संक्रमणमुक्त ४५२६७, सक्रिय संक्रमित १७१२९

  असोज ०३, २०७७

काठमाडौं, असोज ३ : नेपालमा कोरोनाभाइरसका १ हजार २ सय ४ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या साढे ३२ हजारभन्दा बढी पुगेको हो ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा एक हजार ४४७ जना संक्रमित निको भएर घर फर्केको जनाएको छ । यसँगै कुल ४५ हजार २ सय ६७ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल १७ हजार १ सय २९ जनामा संक्रमण सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया