२४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या चार सय नाघ्यो

  असोज ०३, २०७७

काठमाडौं, असोज ३ : पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा एक, प्रदेश २ मा दुई, वागमतीमा छ र प्रदेश ५ मा दुई जना गरी ११ जना सङ्क्रमितको मृत्यु भएको हो । मृतक सात महिला र चार पुरुष छन् ।

मन्त्रालयका अनुसार थपिएका मृतकसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या चार सय एक पुगेको छ । प्रदेश १ मा मोरङकी ६५ वर्षीया महिला, प्रदेश २ मा रौतहटकी ५१ वर्षीया महिला र सर्लाहीकी ५६ वर्षीया महिलाको सङ्क्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागमती प्रदेश अन्तगर्त ललितपुरकी ७६ र ६८ वर्षीया महिला र ६० वर्षीया पुरुष छन् । काठमाडौंकी ७७ वर्षीया वृद्धा र ७५ वर्षीय पुरुष, मकवानपुरका ३७ वर्षीया महिला छन् । प्रदेश ५ को रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया