मुग्लिङ-नारायनगढ सडक पुन: सञ्चालन

  असोज ०२, २०७७

काठमाडो, असोज २ : चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायनगढ सडक पुन सञ्चालन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी, दासढुङ्गा र सत्रकिलोमा झरेके पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू भएको र केही समयमा नै दुइतर्फी सञ्चालन हुनेछ ।

साथै अन्य सबै ठाँउमा दुइतर्फी रुपमा सडक सुचारू भएको र सवारी चापका कारण दुवै तर्फ सवारीसाधनहरु क्युमा चलिरहेकाले ओभरटेक नगरी सडकमा सम्भावित जोखिम समेतलाई ख्याल गरी सुरक्षित रुपमा यात्रा गर्नु प्रहरीले अनुरोध गरेको छ ।

गोरखापत्र

तपाईको प्रतिक्रिया