काठमाडौँ, भदौ २२ : नेपालमा कोभिड–१९ का ९७९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेकाे हाे ।
प्रवक्ता डा. गौतमले निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।
क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।






