काठमाडौँ, भदौ १९ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दो छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । चारजना महिलासहित १४ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभएको हो ।
काठमाडौंमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा ३५ वर्षीया महिलाको कोरोनाको कारणले मृत्यु भएको छ । यस्तै, सप्तरीमा ५५ र ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्की ३१, नवलपरासीमा ३७फ प्युठानमा ५८, रूपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । यसरी भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ ।






