पोखरा, भदौ ११ : विश्वभर कोरोनाको बढ्दो सङ्क्रणसँगै पर्यटकीय नगरी पोखरामा पर्यटक आवागमन रोकिए पछि त्यतिकै सुनसान थियो ।
त्यसमा पनि कोरोनाको सङ्क्रमण र यसबाट मृत्यु हुने क्रम शुरु भएसँगै जारी गरिएको निषेधाज्ञाले वातावरण थप सुनसान भएको छ ।
सधैं स्वदेशी तथा विदेशी पर्यटकको भीड हुने पोखराको फेवाताल शुन्य छ । सडकमा कतै कतै फाट्ट फुट्ट पर्यटक मात्र देख्न पाइन्छ ।