काठमाडौँ, २९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिनुभएको हो ।
आजको खेल जितेमा काठमाडौँले क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्नेछ । छ खेलबाट आठ अङ्क जोडेको काठमाडौँ अङ्कतालिकाको तेस्रो स्थानमा छ ।
यता, पोखरा छ खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ । लिग चरणको अन्तिम खेलमा पोखरा पनि जितसहित प्रतियोगिता टुङ्ग्याउने लक्ष्यमा रहेको छ ।






