विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रमा फैलिएको प्रसिद्ध काराकोरम पर्वतशृंखलामा अवस्थित छ । समुद्री सतहबाट करिब ८,०५१ मिटर (२६,४१४ फिट) उचाइमा रहेको यो हिमाल विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये एक हो ।
ब्रोड पिक चीन र पाकिस्तानको सीमावर्ती क्षेत्रमा पर्ने काराकोरम पर्वतमालाभित्र रहेको छ र विश्वकै दोस्रो अग्लो हिमाल के–टु नजिकै अवस्थित भएकाले पर्वतारोहणका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । तस्बिरमा काराकोरम पर्वतशृंखलाभित्र अवस्थित ब्रोड पिक हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।






(फाइल तस्बिरहरु : विभिन्न अनलाइन)






