काठमाडौं १ को विवादले काठमाडौंमा राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने

  ४ घण्टा अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन ।

काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो । क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफनो दाबी प्रस्तुत गरेका छन् । मिश्रले पनि आफनो उम्मेदवारी रहने बताएका छन ।

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुईपटक पराजित भैसकेकाछन भने यसपटक क्षेत्रिय समितिले उनको नाम सिफारिस गरेको थिएन । मिश्रले आफनै पहलमा बैठक राखेर आपनो नाम जिल्ला समितिमा पठाएका थिए ।

राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ । उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए ।

काठमाडौं १ का वासिन्दाले स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउन पाटीको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया