कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

  ६ घण्टा अगाडि

काठमाडौँ, ३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उहाँले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया