सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

  ५ घण्टा अगाडि

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ । यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

तपाईको प्रतिक्रिया