राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपतिशमशेर राणालाई हो, रवीन्द्रको अफवाह

  ३ घण्टा अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ ।

काठमान्डौ क्षत्र नं १ को क्षत्रिय समितिको बैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षेत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी गराए ।

उनकाअनुसार क्षेत्रले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछि कार्यकर्ताको उपेक्षाका बीच मिश्रले समितिबाहिरको मान्छे बोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् । क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ ।

काठमान्डौ क्षेत्र न १ का राप्रपाका कार्यकर्ता र क्षेत्रीय र सवै वडा समितिका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेका छन् । उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएकाछन् । यसको लागि आजभोलिमै १ नं क्षत्रका सवै सकृय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।

काठमाडौं १ बाट प्रत्यक्ष र समानुपातिकमा सिफारिस भएका उम्मेदवारीको माइन्युट

तपाईको प्रतिक्रिया