साझाखबर, बेइजिङ
चीनको पर्यटकीय टापू हाइनानमा पहिलो पटक आयोजना भएको २०२५ चाइना इन्टरनेशनल ट्राभल मार्टमा नेपालले सहभागिता जनाएको छ । क्वाङ्चौस्थित नेपाली महावाणिज्यदूतावासका पदाधिकारी सहित नेपाली व्यापारीहरूले उद्घाटन समारोहमा भाग लिएर नेपाली पर्यटनवस्तुको प्रचार प्रसार गरेका थिए । यस वर्षको मार्ट “नमस्ते ! चीन” भन्ने विषयवस्तुमा तीन दिनसम्म चलेको हो ।

सन् १९९८ मा स्थापना भएदेखि चाइना इन्टरनेशनल ट्राभल मार्ट एसिया-प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली व्यापक अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी बनेको छ । प्रदर्शनी क्षेत्रले ६५,००० वर्ग मिटर क्षेत्रफल ओगटेको थियो भने घरेलु प्रदर्शनी क्षेत्र, अन्तर्राष्ट्रिय प्रदर्शनी क्षेत्र, हाइनान सनशाइन प्रदर्शनी क्षेत्र, भित्री पर्यटन उपभोग प्रदर्शनी क्षेत्र, र सांस्कृतिक पर्यटन एकीकरण प्रदर्शनी क्षेत्र गरी पाँच भागमा विभाजित भएको थियो । यसले १०१ देश र क्षेत्रका १,००० भन्दा बढी ट्राभल एजेन्टहरू र प्रतिनिधिहरूलाई आकर्षित गरेको थियो।

त्यसको अघिल्लो दिन चीनले हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको सम्पूर्ण टापु भन्सार संचालनको घोषणा गरेको थियो । सन् १९७८ डिसेम्बर १८ तारिखका दिन चीनले सुधार तथा खुलापनको सुरूवात गरेको महत्वपूर्ण दिनमा चिनियाँ समाजवादी नवीन विकासलाई अघि बढाउने उद्घोष गरेको महत्वपूर्ण दिनमा हाइनान स्वतन्त्र व्यापार क्षेत्र संचालनमा आएको हो ।

राजधानी हाईखौमा आयोजित कार्यक्रममा चिनियाँ उपप्रधानमन्त्री ह लिफङ सहभागी भएका थिए भने उच्च गुणस्तरीय विकासलाई बढाउँदै जान, हाइनान स्वतन्त्र व्यापार पोर्टलाई नयाँ युगको प्रमुख विदेशी खुलापनको प्रवेशद्वार बनाउने लक्ष्य बनाउन अग्रसर रहेको सुनाए ।

१९ तारिख चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजना गरिएको २०२५ चाइना इन्टरनेशनल ट्राभल मार्ट हाइकुमा उद्घाटन भयो। हाइनान प्रान्तीय पार्टी समितिका सचिव फेङ फेईले भाषण दिए र हाइनान प्रान्तका गभर्नर लिउ सियाओमिङ र हाइनान प्रान्तका अन्य नेताहरूले उद्घाटन समारोहमा भाग लिए । संस्कृति तथा पर्यटन उपमन्त्री काओ चङ, संयुक्त राष्ट्र सङ्घ पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकासभिली र थाइल्याण्डको पर्यटन प्राधिकरणका गभर्नर थापाने किट्टीपेविनले सहभागिता जनाए ।
थप फोटोहरू –













