बाबुले भरुवा बन्दुक हान्दा छोराको मृत्यु

  ९ घण्टा अगाडि

फिदिम, १० कात्तिक : घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।

बन्दुकको गोलीले १७ वर्षीय छोरा सफल सिंगकको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो । सफलको घटनास्थलमै मृत्यु भएको तामाङले बताउनुभयो ।

हत्याको जानकारी पाउना साथ खटेको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गर्नुका साथै बन्दुक नियन्त्रणमा लिइएको छ । सफलको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया