अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकप्टर दुर्घटना हुँदा एक जना यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको आपतकालीन सेवाहरूले बिहीबार नै दुर्घटना क्षेत्र वरपर खोजी र उद्धार अभियान सुरु गरेको थियो । हेलिकप्टर, एक रोबिन्सन राज्यको सुदूर उत्तर क्षेत्रको ब्रिस्बेनबाट एक हजार ७०० किलोमिटर उत्तरपश्चिममा यागुनाको सानो दुर्गम क्षेत्रमा घर फर्कन नसकेर दुर्घटनाग्रस्त भएको पाइएयो ।
हेलिकप्टरको भग्नावशेष अधिकारीहरूले शुक्रबार बिहान ८ः३० मा मात्र पत्ता लगाएको क्विन्सल्यान्ड प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ । प्रहरीले हेकिकोप्टरमा पाइलट र एकमात्र यात्री, रहेको तथा दुबै जना व्यक्ति, मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ ।
दुर्घटनाको वरपरका परिस्थितिहरू आधारमा दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस