एमसिए–नेपालले २०८२ साल साउन २ गते सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता छनोट गर्न प्रस्तावपूर्वको छलफल कार्यक्रम आयोजना गरेको छ।
छनोट हुने परामर्शदाताले सडक मर्मत आयोजना अन्तर्गत सडक पूर्वाधारको व्यवस्थापन सुधारका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ।

विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागी उक्त छलफल कार्यक्रममा सम्भाव्य बोलपत्रदाताहरूलाई कार्यक्षेत्रबारे विस्तृत जानकारी गराउनुका साथै समयरेखा, खरिद प्रक्रिया, सिद्धान्त र एमसिए-नेपालका मार्गदर्नशबारे स्पष्ट हुने अवसर प्रदान गरिएको थियो।
एमसिए–नेपालले २०८२ साल भदौ ५ गतेसम्मको समयसीमा राखेर २०८२ साल असार १८ गते उक्त परामर्श सेवाका लागि बोलपत्र आह्वान गरेपछि पारदर्शी खरिद प्रक्रियाको अङ्गका रूपमा उक्त प्रस्तावपूर्वको छलफल कार्यक्रम आयोजना गरेको थियो।

स्रोतः एमसीए नेपालको एक्स ।