चीनले आफ्नो इतिहासमा बाह्य मुलुकमा एउटा मन्दिर बनाएको छ, त्यो हो नेापलको लुम्बिनीमा निर्मित बौद्ध मन्दिर । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम, युनेस्को, तत्कालीन शाही सरकार र बौद्ध धर्मावलम्बीहरूको विश्व फेलोशिपद्वारा स्थापित लुम्बिनी विकास समितिको निमन्त्रणामा चीनले नेपाल चिनियाँ मन्दिर स्थापना गरेको हो । चिनियाँ रेकर्ड अनुसार यो इतिहासमा चीनले विदेशमा निर्माण गरेको पहिलो औपचारिक मन्दिर हो।

चोङह्वा मन्दिरको निर्माण मार्च १९९७ मा सुरु भएको थियो र २० महिनामा पहिलो चरणको काम अक्टोबर १९९८ मा सम्पन्न भएको थियो।

नेपाल चिनियाँ मन्दिरका प्रथम मठाधीश मास्टर हुआइशान थिए। सन् २०११ मा भिक्षु यिनशुनले नेपाल चिनियाँ मन्दिरको मठाधीशको रूपमा हुआइशानको उत्तराधिकार लिए ।
मास्टर यिनशुनको जन्म हुपेई प्रान्तको सियाङयाङ शहरमा भएको थियो। उहाँलाई २००० मा शनचनको होङफा मन्दिरमा मास्टर पनहुआनले नियुक्त गर्नुभएको थियो। उहाँ लिनची सम्प्रदायका ४५ औं पुस्ताका उत्तराधिकारी हुनुहुन्छ। उहाँले पेकिङ विश्वविद्यालयको दर्शनशास्त्र र धार्मिक अध्ययन विभागबाट स्नातक गर्नुभयो र थाइल्याण्डको चुलालोङकोर्न विश्वविद्यालयबाट बौद्ध धर्ममा विद्यावारिधि प्राप्त गर्नुभएको छ ।

लुम्बिनी बुद्धको जन्मस्थल र मानव सभ्यताको प्रमुख जन्मस्थल हो। विश्वका ३० भन्दा बढी देशहरूले लुम्बिनीमा बौद्ध मन्दिरहरू निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

चीनको १, दक्षिण कोरियाको १, भियतनामको १, थाइल्याण्डको १, म्यानमारको २, जापानको २, नेपालको १०, भारतको २, श्रीलंकाको १, जर्मनीको १, मलेसियाको १, अस्ट्रियाको १, फ्रान्सको १, र मंगोलिया र संयुक्त राज्य अमेरिकाको १-१ छन् ।

चीन एक प्रमुख बौद्ध धार्मिक मुलुक हो र नेपाल चीनको मैत्रीपूर्ण छिमेकी हो। बुद्धको दयाको ऋण चुकाउनु, बौद्ध धर्मको प्रवर्द्धन गर्नु र बुद्ध जन्मिएको पवित्र भूमिलाई पुनर्जीवित गर्नु चिनियाँ बौद्ध समुदायको जिम्मेवारी र दायित्व भएको चिनियाँहरू ठान्दछन् ।

नेपालमा बुद्धको जन्मस्थल लुम्बिनीमा चीनले निर्माण गरेको मन्दिरलाई “चीन मन्दिर” भन्ने नाम दिइएको छ । चिनियाँमा 中华寺 -चोङ्ह्वा स्- भनेको चिनियाँ मन्दिर हो ।
