इञ्जिनियरको क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

  १७ घण्टा अगाडि

काठमाडौँ, १७ असारः भवन निर्माण तथा सहरी विकास विभाग, जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका), तथा स्टक्चरल इञ्जिनियर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा दुईदिने ‘भवन निर्माण कार्यविधि तथा विद्युतीय भवन अनुमति प्रणाली’ विशेष कार्यक्रम सम्पन्न भएको छ ।

उक्त तालिम एसोसिएसनका अध्यक्ष इञ्जिनियर कृष्णसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जाइकाका तर्फबाट विज्ञ द्वारिका श्रेष्ठले तालिमको उपयोगिता, प्रभावकारिता तथा भविष्यमा यस्ता कार्यक्रमको आवश्यकताबारेमा धारणा राख्दै निरन्तरता दिन आग्रह गर्नुभयो ।

विभागका उपमहानिर्देशक एवं इञ्जिनियर सुनीलकुमार श्रेष्ठले कार्यक्रमको उपयोगिताका बारेमा उल्लेख गर्दै यसले सरकारी र पेसागत निकायबीच सहकार्य सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपमहानिर्देशक प्रकीर्ण तुलाधर, वरिष्ठ इञ्जिनियर मनोज नकर्मी तथा इञ्जिनियर देवेन्द्र देव खनालले व्यावसायिक सीप र क्षमता विकासका लागि यस्ता तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विभागका निर्देशक इञ्जिनियर मचाकाजी महर्जनले तालिमको महत्त्वबारे धारणा राख्दै इञ्जिनियरहरूको संस्थासँगको सहकार्यलाई भविष्यमा अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसोसिएसनका अध्यक्ष एवं इञ्जिनियर कृष्णसिंह बस्नेतले आगामी दिनमा यस्ता तालिमलाई अझ व्यवस्थित, प्रभावकारी र व्यावहारिक बनाउँदै लैजाने दृढ सङ्कल्प व्यक्त गर्नुभयो । उहाँले उहाँले यस्ता तालिम इञ्जिनियरहरूको दक्षता वृद्धिका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस।

तपाईको प्रतिक्रिया