बेङ्गलुरु, २१ जेठ : बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
घटना स्थलमा लाखौँ मानिसहरूको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ ।
उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गर्नुभएको छ । (रासस/एएफपी)