बैतडी, १९ जेठ : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नायब वरिष्ठ प्रशासकीय अधिकृत टोपबहादुर विष्टका अनुसार धनगढीस्थित प्रदेश रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका नौवटै जिल्ला सहभागी हुनेछन् ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट भइसकेका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रपति रनिङ शिल्ड खेलकुदका लागि छनोट हुने छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुनेछ ।