एजेन्सी, ८ जेठ
उत्तर प्रदेश, हरियाणा, पञ्जाब र बिहार जस्ता उत्तर भारतका धेरै भागहरूमा यस पटक पर्याप्त मनसुनी वर्षा नभएको देखिन्छ । त्यसैले, यी राज्यहरूमा खडेरीको अवस्था सिर्जना भएको छ ।


यसले कृषि र पानीका स्रोतहरूमा प्रतिकूल असर पारिरहेको छ । कतिपय ठाउँमा कम र कतिपय ठाउँमा बढी वर्षा भएको छ भने भूमिगत पानी पनि निरन्तर घट्दै गइरहेको छ । यस कारणले गर्दा यी राज्यहरूमा बालीनाली क्षति र पानीको अभावको चिन्ता बढेको छ ।

