महेश्वर पन्तको ‘जिउँदा देवता’ सार्वजनिक

  पुष १७, २०८०

काठमाडौं, १७ पुस : गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत जिउँदा देवता को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ।

उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। अभिनेता सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन्। सार्वजनिक भिडियोमा वरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गीर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ ।

https://youtube.com/watch?v=MyhEQ9S0qg0

तपाईको प्रतिक्रिया