चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक

  १९ घण्टा अगाडि

काठमाडौँ, ११ मङ्सिर : सारङ्गी फिल्म्सको ब्यानरमा निर्मित चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर बिहीबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने र उषा खड्गीलगायत उपस्थित थिए । उनीहरूले चलचित्र निर्माण तथा छायाङ्कनका अनुभवसमेत सुनाएका थिए ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा सविन अधिकारी र वसन्त न्यौपानेले लेखनमा सहकार्य गर्नुभएको छ । दिनेश खड्का र निम महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’ निर्माणमा संलग्न निर्देशक तथा निर्माण टोलीले सहकार्य गरेका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बराल र अञ्जना बराइलीको जोडीलाई पुनः पर्दामा देख्न पाइने चलचित्र ‘सिन्दुरे जात्रा’ मङ्सिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

तपाईको प्रतिक्रिया