काठमाडौँ, ३२ जेठ : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य थप गरिएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको उक्त विभागमा आज ३९ सदस्य थप गर्नुभएको हो ।
थपिएका सदस्यमा दीपकप्रसाद कुइँकेल (काठमाडौँ), गोपाल झा (महोत्तरी), कृष्णप्रसाद बस्याल (पाल्पा), तिलक राई (सुनसरी), गोविन्द परियार (तनहुँ), चन्द्रेश्वर खत्वे (सुनसरी), गणेश केसी (काठमाडौँ), शिला इजम (ताप्लेजुङ), गङ्गाधर पराजुली (कास्की), लोकराज ढकाल (झापा), सन्तबहादुर चेपाङ (मकवानपुर), राजु मास्के (मोरङ) रहनुभएको छ ।
उमिद वागचन (कैलाली), लीला खनाल (काठमाडौँ), चेतराज रेग्मी (मोरङ), मिथलेश मिश्र (रौतहट), मोती पौडेल (सुर्खेत), पवन अधिकारी (सुनसरी), कमला पाण्डे (रुपन्देही), फुलमाया सुनार (रुपन्देही), राजवहादुर गुरुङ (कास्की), राघव गौतम (चितवन), अनुषा नेपाल (काठमाडौँ), निगम हुमागाईं (काभ्रे), गोविन्द मरासीनी (स्याङ्जा), इञ्जिनीयर हुकुमबहादुर बुढा (रोल्पा), रम्भा मिश्र (पर्सा), लवदेव ढुङ्गाना (पाँचथर), दिनेशविक्रम शाह (काठमाडौँ) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैगरी, सुरेश यादव (धनुषा), इन्द्र रिजाल (स्याङ्जा), मो. ओजिर देवान (रौतहट), पूर्णबहादुर नेपाली (सुर्खेत), अशोकनाथ योगी (कालीकोट), विष्णुप्रसाद तिम्सिना (ललितपुर), दीपेन्द्र वान्तवा (सङ्खुवासभा), सज्जन ठाकुर (महोत्तरी), प्रकाश खरेल (अष्ट्रेलिया) र विनोद मोक्तान (वेलायत) रहनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो । (रासस)






