सिन्धुपाल्चोक, २० वैशाख : लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।
सामुदायिक विद्यालयलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्त माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने शिक्षा समितिको निर्णयसहितको सिफारिस भई आएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । उहाँले आफ्ना बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना गरेको बताउनुभयो ।