पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी

  चैत २६, २०७९

काठमाडौँ, २६ चैत : पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ।

शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी हुनुभएको हो।

गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भएपछि शनिवार निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट बिष्ट ८४१ मतसहित विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया