मेयर बालेनलाई शंकर पोखरेलको ‘काउन्टर’ जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्छ

  चैत २५, २०७९

काठमाडौं, २५ चैत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन ९बालेन्द्र० शाहलाई जिम्मेवार र जवाफदेही बन्न सुझाउनुभएको छ ।

शनिबार बिहान मेयर बालेनले सामाजिक सञ्जालमा दिएकोृ अभिव्यक्तिको पछि नेता पोखरेलले यस्तो बताउनुभएको हो । मेयर बालेनले साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले त्यसको ‘काउन्टर’ दिनुभएको हो ।
एमाले महासचिव पोखरेलले मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने बताउनुभएको ५ ।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ’, पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको ५ ।
मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।

तपाईको प्रतिक्रिया