काठमाडौँ, २३ चैत : सत्ता गठबन्धनले आज साँझ ५ः०० बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको १० दलीय गठबन्धनको बैठकले आज साँझ ५ः०० बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा ९माओवादी केन्द्र०का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रम ५ः०० बजे सार्वजनिक गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले गठबन्धनका दलहरू बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जानकारी दिनुभयो।
ुुराजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरू केही भए आज साँझसम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ः०० बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।ुु, उहाँले भन्नुभयो ।
न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि नेपाली काँग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।






