काठमाडौँ, १३ चैत : नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक ९डिआईजी०लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो ।
चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।






