नवजात शिशुको शव फेला

  चैत १२, २०७९

काठमाडौँ, चैत १२ : काठमाडौँको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया