‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो’? : राजेन्द्र लिङ्देन

  चैत ०८, २०७९

काठमाडौँ, ८ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिनुभएको हो ।

हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो रु प्रधानमन्त्रीज्यू, चाँडोभन्दा चाँडो बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छुु, लिङ्देनले ट्विट गर्दै भन्नुभएको छ, अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईँ स्वयमलाई थाहा छ।

 

तपाईको प्रतिक्रिया