कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने,आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने

  चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भोलि संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । ‘सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोही अनुसार संसदीय दललाई निर्देशित गरेको छ’, महतले भन्नुभयो ।

बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको महतले बताउनुभयो ।आजको संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।

 

तपाईको प्रतिक्रिया