काठमाडौँ, १ चैत : जनता समाजवादी पार्टी नेपाल जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।
जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।






