अध्यादेश जारी गर्ने निर्णयपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्डलाई भेट्न खुमलटार पुगे

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : मन्त्रिपरिषद्ले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादी मन्त्रीहरु पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बैठक बसेर छलफलपछि उनीहरु खुमलटार पुगेका हुन्। मन्त्री पुनको सचिवालय स्रोतका अनुसार बैठकमा लेखराज भट्ट, विना मगर, शक्ति बस्नेतलगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया