आईजीपी विरुद्धको रिट खारेज

  असार ३१, २०७९

काठमाडौँ, असार ३१ : सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत भएको ठहर गरेको हो ।

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सरकारले सिंहलाई गत वैशाख १८ गते आईजिपीमा नियुक्त गरेको थियो ।

एआईजीपी पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै नियुक्ति खारेज गरी आफूलाई आईजीपीमा नियुक्त गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया