मनसुन पूर्ण रूपमा बाहिरियो : मौसम पूर्वानुमान महाशाखा

  ४ घण्टा अगाडि

काठमाडौँ, २८ असोज : यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया