कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

  असार २७, २०७९

काठमाडौं, असार २७ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक जारी रहेको उहाँको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

बैठकमा वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समिक्षा एवम् आगामी निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यसैगरी, कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संगठनको विधान पारित गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया