ललितपुर, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ संस्थाको तयार भएको विधानलाई पारित गर्ने कार्य सूची रहेको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । बैठकमा यसबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, देशको समसामयिक अवस्थाका विषयमा पनि विचार विमर्श हुने छ ।






