काठमाडौँ, असार २६ : सोलिडारिटी मिडियाबाट सञ्चालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारणसभाका अवसरमा आज शिक्षासेवीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित हुनुभएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिनकुमार गुरुङ, हिसानका केन्द्रीय सचिव निर्वाचित हुनुभएका डा ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सव मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहनुभएका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२÷२२३ का लागि अध्यक्ष निर्वाचित वत्स शाक्य रहनुभएको छ । उहाँहरुलाई कदर पत्र प्रदान गरिएको हो । उहाँहरुलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्व अध्यक्ष विजय सम्बाहाम्फेले कदरपत्र हस्तान्तरण गर्नुभएको हो ।
साधारणसभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । सो प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णयसमेत साधारण सभाबाट पारित गराएको छ ।






