काठमाडौँ, असार ९ : समाजवादी प्रेस सङ्गठन नेपालले सञ्चार तथा अन्य क्षेत्रमा गठबन्धनको भावनालाई सम्मान हुनेगरी नियुक्ति र अवसरको बाँडफाँट गर्न माग गरेको छ । आज बसेको समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गरिएको छ ।
सरकार गठनपूर्व नै सरकारले गर्ने हरेक निर्णय पाँच दलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिबद्धता व्यक्त गरेर सरकार गठन भए पनि सहमति कार्यान्वयन नभएको ठहर गरेको सङ्गठनले पछिल्लो समय विभिन्न संस्थामा भएका नियुक्ति एवं बाँडफाँटमा सन्तुलन कायम गर्न आग्रह गरेको छ ।






