पोखरामा ‘टुर द पोखरा’ हुँदै

  ३ घण्टा अगाडि

कास्की, ३ पुसः साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा यही पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारासहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम पोखरा महानगरको ‘क्लिन सिटी र ग्रिन सिटी’को अवधारणाअनुसार हुन लागेको हो ।

‘टुर द पोखरा’साइकल ¥यालीका माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराई हरित क्रान्तिको सुरुआत गर्नु रहेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस वर्ष नेपालका ३२ जिल्ला तथा विदेशबाट गरी ८६० जना साइक्लिष्टहरुले नाम दर्ता गराएका छन् ।

यसबाहेक स्थानीस्तरमा दता नभएका गरी एक हजार बढीको सहभागिता रहने विश्वास गरिएको छ ।

“छिमेकी मित्रराष्ट्र भारतसहित तेस्रो मुलुकबाट साइक्लिष्टको सहभागिता हुने निश्चित भएको छ । पर्यटकीय सहर पोखरामा हुने यस कार्यक्रमले पोखराको प्रवद्र्धनसहित साइकल प्रयोग र इन्धन बचाउने सन्देश प्रवाह गर्नेछ”, श्रेष्ठले भन्नुभयो ।

‘टुर द पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । कार्यक्रमबाट वातावरण स्वस्थ राख्नका लागि योगदान पुग्ने सचिव रामचन्द्र भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी धेरै सौखिन भयौँ, हिँडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाइकल र कार चढ्न थाल्यौँ । यसले हाम्रो वातावरण प्रदूषित ग¥यो भने हाम्रो पैसा पनि विदेसियो, त्यसैले थोपा थोपा इन्धन बचाएर पैसा विदेश जानबाट जोगाउँदै वातावरण स्वस्थ राख्न योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई बर्सेनि निरन्तरता दिएका छौँ”, भट्टले भन्नुभयो ।

साइकलयात्राको दूरी पोखराका विभिन्न स्थानसहित माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलासम्म गरी ५१ किमी रहेको छ ।

तपाईको प्रतिक्रिया