डुबानपछि बल्खु तरकारी बजार

  २३ घण्टा अगाडि

काठमाडौँ, १९ असोज : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण बल्खु तरकारी बजार पनि डुबानमा परेको थियो । बल्खुस्थित बाग्मती किनारमा रहेको  तरकारी बजारमा शनिबार  आएको बाढीका कारण डुबानमा परेको हो ।

काठमाडौं उपत्यकामा बर्षात रोकिएपछि अहिले डुबानमा परेको तरकारी बजारलाई  सरसफाई गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अविरल वर्षाका कारण आएको बाढीले बजारमा हिलो र लेदोले भरिएको छ । लेदो सफा गर्न दिनभरि नै लाग्न सक्ने व्यापारीहरू बताएका छन् । अहिले लेदो हटाउने र सरसफाइ गर्ने काम भइरहेको छ । 

तरकारी बजारको अधिकांश भाग डुबानमा परेको थियो । डुबानमा नपरेको केही भागमा हाल तरकारी व्यापार भइरहेको छ । काठमाडौं उपत्यकामा भारी वर्षाका कारण  यहाँका नदीमा पानीको बहाव उच्च छ । जसको असर नदी किनारमा बस्ने सुकुम्बासी बस्तीसँगै बल्खुकाे तरकारी बजारमा समेत असर पर्न जान्छ । बल्खु तरकारी बजार प्रत्येक वर्ष डुबानमा पर्ने गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया